US Khabar

विद्यालयको सवारी चालक मापसेमा पक्राउ

- USKHABAR | ४ हप्ता पहिले प्रकाशित

विद्यालयको सवारी चालक मापसेमा पक्राउ

काठमाडौं । मादक पदार्थ सेवन गरी विद्यालयका बस चलाउने काभ्रे पाँचखाल नपा–११ का २७ वर्षीय बुद्ध लामालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । उनले बुङ्मतीस्थित त्रिरत्न माध्यामिक विद्यालयको बागमती प्रदेश–०१–००६ ख ४६ २९ नम्वरको बस चलाएका थिए । कोटेश्वरस्थित सडक भएको चेकजाँचका क्रममा प्रहरीले लामालाई पक्राउ गरेको हो । उनलाई थप कारबाही गर्न प्रहरी प्रभाग कोटेश्वरमा बुझाइएको छ । सोहीक्रममा भएको चेकजाँचमा ट्राफिक प्रहरीले विविध कसुरमा ८७ चालकलाई कारबाही गरेको छ । उपत्यका भित्रका विभिन्न ठाउँमा भएको विशेष चेकिङका क्रममा उनीहरुलाई कारबाही गरिएको हो ।

कागजपत्र नभएका र सवारी साधनको अवस्था दुरुस्त नराख्ने २३ पानी ट्याङकरका चालकलाई पनि प्रहरीले कारबाहीमा गरेको छ । ट्राफिक प्रहरीका अनुसार नयाँसपार्कमा १५, कीर्तिपुरमा ३, कलंकी र काँडाघारीमा २÷२ र न्यूरोड क्षेत्रमा गरि २३ ट्याङ्करका चालक कारबाहीमा परेका हुन् । अन्य कसुरमा भने ६१ चालक कारबाही परेका थिए । उपत्यकाको ट्राफिक आवागमनलाई सहजीकरण र दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले विशेष चेकिङलाई तिब्र तुल्याएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!