US Khabar

जम्मा ९ फिल्म, कमाई ६००० करोड : आर.डि.जे.को स्टारडम

- | ४ हप्ता पहिले प्रकाशित

जम्मा ९ फिल्म, कमाई ६००० करोड : आर.डि.जे.को स्टारडम

लस एन्जलस । मार्च २ मार्वल सिनेमेटिक युनिभर्स (एमसियु) विश्वको सबैभन्दा ठूलो फिल्म ब्रान्ड हो र यसको एक मुख्य कारण अभिनेता रोबर्ट डाउनी जुनियर हुन्, जसले धेरै फिल्महरूमा सुपरहिरो आइरन म्यानको भूमिका निर्वाह गरेका छन् । हुनत रोबर्ट डाउनी जूनियरले फिल्मकम मा आफ्नो भूमिका मात्रै निभाएका हुन् तर फ्यानहरूमा उनले सिर्जना गरेको प्रभाव निकै गहिरो छ । किनकि उनले बाहेक अरू कसैले आइरन म्यान खेलेको हेर्न त परको कुरा सोच्न पनि चाहाँदैनन् उनका फ्यानहरु, कति सम्म भने आइरन म्यानको प्रिमियरमा एम सि यु का रचनाकार स्ट्यान लीले रोवर्टको जन्म नै यसै आइरन म्यानको भुमिका खेल्नको लागि हो समेत भनेका थिए । उनले आइरन म्यानको रोल खेलेरै हलिउडमा सबैभन्दा धेरै कमाउने अभिनेता बन्न सफल भएका थिए । के सम्म भनिन्छ भने उनि नभएको भए आज एम सि यु यस स्थानमा पुग्नेनै थिएन ।

उनले सन् २००८ मा आइरन म्यानू बाट एमसियुमा डेब्यू गरेका थिए । त्यतिबेला उनि आजको जस्तो ठूला स्टार थिएनन् । उनले पहिलो आइरन म्यान् को नेतृत्व गर्नका लागि मात्र २.५ मिलियन लिएका थिए जु । ओस्कारकोमा समेत आफ्नो उपस्थिति बनाइसकेका रोवर्टले आइरन म्यान क्यारेक्ट साथै आफुलाइृ पनि लाई रातारात स्टार बनायो र त्यसपछि उनले कहिल्यै पछाडि फर्केर हेरेनन् । त्यसपछि उनले आइरन म्यानको भुमिकामा ९ फिल्ममा काम गरे । जसले उनलाइृ विश्वब्यापि स्टार बनायो, उनले करोडौं डलर कमाए । उनलाई ति सबै फिल्मबाट करिब ४५० मिलियन डलर पारिश्रमिक दिइएको बताइएको छ, जसलाई नेपाली रुपैंयामा हिसाब गर्दा ५८५० करोड हुन आउँछ । द एभेन्जर्सको (२०१२)को लागिमात्रै उनले ५० मिलियन डलर लिएका थिए । जबकि उक्त फिम्का अन्य सबै कलाकारको पारिश्रमि जोड्दा पनि त्यति हुन आँउदैन । उनले पछिल्लो पटक २०१९मा खेलेको एभेन्जर्स एण्डगेमको लागिमात्रै ८१ मिलियन पारिश्रमिक लिएका थिए । उक्त रकमलाई नेपालीमा हिसाब गर्दा १०५३ करोड हुन आउँछ । यो कुनै विशेष भूमिका खेल्ने अभिनेताको लागि सजिलै सबैभन्दा धेरै कमाई हो।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!