काठमाण्डौं । नेकपा एकीकृत समाजवादी कर्णाली प्रदेश कमिटीको स्कुल बिभागको आयोजनामा प्रदेशको सबै जिल्ला कमिटीका अध्यक्षहरु, पदाधिकारीहरु र जनसंगठनका केन्द्रिय पदाधिकारीहरुलाई तीन दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । पार्टीको मार्ग दर्शन सिद्धान्त र समसामयिक राष्ट्रिय राजनीतिको विषयमा पार्टी अध्यक्ष माधव कुमार नेपाल र देशको परिवर्तित स्थिति र हाम्रो दृष्टिकोणको सन्दर्भमा सम्मानित नेता झलनाथ खनालले प्रशिक्षण गरेका थिए ।उक्त पार्टीका सात वटै प्रदेश कमिटीले प्रशिक्षणका कार्यक्रम संचालन गरिरहेको छ ।
पुजीवादी प्रभुत्व र समाजवादी संघर्षका सवालमा आशेष घिमिरे, दक्षिणपन्थी विसर्जनवाद र पार्टी पुनर गठन आौचित्यको विषयमा परमेश हमाल, नेपाली विषेशताको समाजवाद र वर्तमान कार्यभारको सन्दर्भमा डां विजय पौडेल साथै नेपालको जनवादी क्रान्ति र अबको बाटो घनश्याम भूषाल लगायतका नेताहरुले प्रशिक्षण दिएको नेकपा एस का केन्द्रिय सदस्य एवं कर्णाली प्रदेश प्रशिक्षण विभागका उपप्रमुख हस्त बहादुर शाहीले जानकारी दिए । प्रशिक्षण कार्यक्रमको अध्यक्षता कर्णाली प्रदेश स्कुल विभागका प्रमुख शेर बहादुर केसीले गरेका थिए ।
प्रतिक्रिया