एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार दक्षिण अफ्रिका र वेस्ट इन्डिज भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ देखि साउथह्याप्टनमा सुरु हुने छ ।

वेस्ट इन्डिज दोस्रो जितको खोजिमा हुँदा अफ्रिका पहिलो जित निकाल्ने दाउमा छ । इंग्ल्यान्ड, बंगलादेश र भारतसँग पराजित भएको अफ्रिकालाई शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने आशा कायमै राख्न आजको खेल जित्नै पर्ने दबाब छ । तर वेस्ट इन्डिजबीरुद्ध चोट ग्रस्त अफ्रिकालाई जित निकाल्न पक्कै सहज हुने छैन । वेस्ट इन्डिजले पाकिस्तानमाथि सहज जित निकाल्दा अष्ट्रेलियाविरुद्ध पराजित भएपनि कडा टक्कर दिएको थियो ।

विश्वकपमा यी दुई देशबीच ६ पटक प्रतिस्पर्धा भएको छ । जसमा अफ्रिका ४ र वेस्ट इन्डिज २ पटक विजयी भएका छन् । कुल ६१ वान डे खेल हुँदा अफ्रिका ४४ खेलमा विजयी भएको छ भने १५ खेलमा पराजित भएको छ । २ खेल नतिजा बिहीन छ ।

Comments

comments