काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वी शुब्वा गुरुङले नेकपा एकीकृत समाजवादी सँगको भेट सकरात्मक भएको बताएका छन् । नेकपा एसका अध्यक्ष माधव नेपाल सहित शीर्ष नेताहरूसँगको भेटवार्तापछि गुरुङले भेटवार्ता सकारात्मक भएको प्रतिक्रिया दिएका हुन् । उनले फेरि पनि भेटघाट र छलफल अगाडि बढाउनेबारे दुई पक्षबीच साझा सहमति भएको बताए । राष्ट्रपतिमा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङको पक्षमा नेकपा एसलाई मत मागेर फर्केपछि उनले भने‘समय बलवान छ समयको शक्तिले हामीबीचको आग्रह पूर्वाग्रह, रिस राग सबैलाई छोपेर अगाडि बढ्ने बाटो भेटेको छौँ । वार्ता सकारात्मक छ ।’
आजको भेटबारे उनले राष्ट्रपति निर्वाचनमा सघाउन नेकपा एसका नेतालाई आग्रह गरिएको जानकारी दिए । ‘हामीले सुवास नेम्वाङलाई भोट हाल्न अनुरोध गरेका छौँ। अहिलेको चुनौतीको बीचमा दुई पार्टीलाई एक गर्ने कुरामा हामीबीच एक खालको सहमति भएको छ। ’वार्ताका लागि नेकपा एसका कार्यालयमा उम्मेदवार नेम्वाङसहित उपाध्यक्ष विष्णु पौडेललगायत नेताहरू सहभागी थिए।
प्रतिक्रिया