कजाखस्तानको राष्ट्रपतिमा कासिम–जोमार्ट टोकायेभ ७० प्रतिशतभन्दा बढी मत प्राप्त गरी विजयी भएका छन ।

निर्वाचन आयोगका अनुसार उनका प्रतिद्धन्दी अमिरझान कोसानोभले १६.२ प्रतिशत र टोकायेभ ७०.७६ प्रतिशत मत प्राप्त गरेपछि उनी राष्ट्रपति बन्ने अवसर पाएका हुन् ।

टोकायेभले कजाखस्तानका राष्ट्रपिता नूरसुल्तान नजरबायेभले समर्थन गरेका थिए ।पूर्वराष्ट्रपति समेत रहेका नजरबायेभले विगत तीन दशक मुलुकको सत्ता सम्हालेका कारण निकै शक्तिशाली र लोकप्रिय मानिन्छ ।

मुस्लिम बहुसंख्यक रहेको कजाखस्तानमा गत आइतबार भएको निर्वाचनका क्रममा भने निकै ठूला ठूला प्रदर्शन भएका थिए ।

Comments

comments