US Khabar

सत्तामा हुँदा गल्ती गरेको छैन, जिताइदिनू : राष्ट्रपतिका उम्मेद्वार पौडेल

- USKHABAR | ४ हप्ता पहिले प्रकाशित

सत्तामा हुँदा गल्ती गरेको छैन, जिताइदिनू : राष्ट्रपतिका उम्मेद्वार पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेद्वार रामचन्द्र पौडेलले राष्ट्रपति निर्वाचनका आफुलाई जिताउन सांसदहरुलाई आग्रह गरेका छन् ।काठमाडौंमा बिहीबार आयोजित आठ दलका सांसदहरुको अभिमुखीकरण कार्यक्रममा उनले आफ्ना लागि मत माग्दै सांसदहरुलाई पठाएको पत्रमा सत्तामा हुँदा गल्ती नगरेको भन्दै जिताउन आग्रह गरेका छन् । उक्त पत्रमा उनले सानैदेखि संघर्ष थालेको बताउँदै यसअघि सत्तामा हुँदा आफू कहीँ कतै नचुकेको पनि जिकिर गरे । उनले भनेका छन् ‘नेपालका सबै मानिसको नैसर्गिक अधिकार स्थापनाका लागि मैले सानै उमेरदेखि सङ्घर्षको बेडा उठाउदै आएँ। फलतः निर्दलीय निरङ्कुश सत्तासँग म अलिकति पनि झुकिनँ र पञ्चायतको तीसवर्षे कार्यकालमा त्यसका आधा समय त मैले जेलमै बिताएको हुँ ।’आफुले इमानको राजनीति गरेको जिकिर गरेका उनले अब पनि जिम्मेवार भएर राष्ट्रहितमा लाग्ने बताएका छन् ।

उनले भनेका छन्, ‘बहुदलीय व्यवस्थाको पुनरागमनपछिका सत्ताका दिनहरुमा पनि कहीँ कतै नचुकिकन देश र जनताको उन्नति, राष्ट्रिय स्वाधिनता र अस्मिताको लागि निष्ठापूर्वक सकेको सेवा गर्दै आएको र आफ्नो छविमा कतै दाग लाग्न नदिने भरमग्दूर कोशिस गर्दै आएको छु।’ संविधान र समानताका पक्षमा आफुले संधै काम गरेको भन्दै उनले कुनै पनि विचारका आधारमा आफुलाई नतौलिन अनरोध गरेका छन् । उनले भनेका छन्, ’राजनीतिक विचारधाराको इन्द्रमा अल्मलिन नपरोस भनेर समाजवादको सार ’निमुखालाई न्याय र विपन्नलाई आय’ सबैको साझा सिद्धान्त हुन सक्छ भनेर विनम्र अपिल गर्दछु ।’पौडेलले नेपाल राष्ट्रको राष्ट्रपतिको गरिमामय पदको लागि उम्मेदवारको रुपमा उपस्थित भएको भन्दै उनले नेपाली जनताका प्रिय प्रतिनिधि तपाईंको अमूल्य मतको अपेक्षा गरेको छु।’ भनको छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!