US Khabar

आइसोलेसनमा बासिरहेका बेलायती प्रधानमन्त्री जोनसन अस्पताल भर्ना

- Admin | ३ वर्ष पहिले प्रकाशित

आइसोलेसनमा बासिरहेका बेलायती प्रधानमन्त्री जोनसन अस्पताल भर्ना

आइसोलेसनमा बासिरहेका बेलायती प्रधानमन्त्री बोरिस जोनसन अस्पताल भर्ना भएका छन्। कोरोना भाइरसको लक्षण देखिएको १० दिनपछि उनी अस्पताल भर्ना भएका हुन् ।

उनलाई आइतबार अस्पताल साँझ लन्डन अस्पतालमा भर्ना गरिएको हो। मार्च २७ मा बेलायती प्रधानमन्त्री जोनसनलाई कोरोना भाइरसको संक्रमण भएको सार्वजनिक भएको थियो। त्यसयता उनी निवासमै बसेर काम गर्दै आइरहेका थिए।

शुक्रबार एक भिडिओ पोस्ट गर्दै उनले आफूलाई सामान्य लक्षणमात्रै देखिएको पुष्टि गरेका थिए ।

शनिबार जोनसनकी गर्भवती प्रेमिका क्यारी सिमोन्ड्जले मुख्य लक्षणहरूसहित आफूले एक साता ओछ्यानमै बिताएको जनाएकी थिइन् ।

बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानककलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!