US Khabar
  • युएसखबरमा अब ईमिग्रेशन अपडेट पनि

    - Admin | ४ हप्ता पहिले प्रकाशित

    युएसखबरमा अब ईमिग्रेशन अपडेट पनि

     टेक्सास,

    अमेरिकाको टेक्सासबाट सन्चालित अनलाईन पत्रिका युएसखबरमा अबदेखी अमेरिकी अध्यागमन कानुनको अपडेट सहितको कार्यक्रम पनि आउने भएको छ । अमेरिकामा र अन्य देशमा रहेर पनि अमेरिकाको अध्यागमन कानुनको बारेमा जानकारी लिन चाहने दर्शकहरुलाई मध्यनजर गरि नयां शैलिको अध्यागमन कानुनको अपडेट सहितको कार्यक्रम लिन लागेको हो ।

    Saurab Rijal

    Saurab Rijal

    ड्यालसमा रहेर रिजाल ल फर्म सन्चालन गरिरहेका नेपाली लयर शौरब रिजालका साथमा साप्ताहिक रुपमा आउन लागेको ईमिग्रेशन अपडेट कार्यक्रम फरक शैलि र दर्शकले बुझ्ने गरि एक हप्तामा एउटा बिषयमा साथ आउन जानकारी दिने गरि आउन लागेको हो । अधिवक्ता रिजाल र किशन रेग्मीका साथमा आउने यो कार्यक्रम अत्यन्तै छोटो र बिषय बस्तु केन्द्रित हुने हुंदा दर्शकले हेर्न र बुझ्न सजिलो हुने अपेक्षा लिएको कार्यक्रमका उत्पादक तथा प्रस्तोता किशन रेग्मीले बताए ।

    क्यालिफोर्निया र टेक्सासलाई कार्यक्षेत्र बनाएर सन्चालित रिजाल ल फर्मका अधिवक्ता सौरब रिजालले पनि समुदायलाई यस प्रकारको कार्यक्रम जानकारी मुलक र ब्यवहारीक हुनेमा आफु बिश्वस्त रहेको बताउनुभयो ।  लसएन्जलस र ड्यालासमा रहेको ल फर्ममा र फोनमा पनि आफुलाई समुदायका धेरै सदस्यहरुले बिभिन्न जिज्ञासा राख्ने गर्नुहुन्छ उंहाहरु सबैलाई यसरी मिडियाबाट एकै साथ जानकारी दिंदा धेरैलाई एकैसाथ जानकारी पुग्ने हुंदा झनै खुशी लागेको छ, अधिवक्ता रिजालले भन्नुभयो ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">