US Khabar

मिटरब्याज र लघुवित्त पीडितको प्रदर्शन : समस्या समाधानका लागि सरकार गम्भिर नभएको गुनासो

- USKHABAR | ४ हप्ता पहिले प्रकाशित

मिटरब्याज र लघुवित्त पीडितको प्रदर्शन : समस्या समाधानका लागि सरकार गम्भिर नभएको गुनासो

जनकपुरधाम । जनकपुरधाममा मिटरब्याज तथा लघुवित्त पीडितहरुले सरकारविरुद्ध प्रदर्शन गरेका छन् । मधेश प्रदेश सरकारलाई १५ साउनमा बुझाएको ७ बुँदे मागको कुनै सुनुवाइ नभएको भन्दै प्रर्दशनमा उत्रिएका उनीहरुले, मुख्यमन्त्री कार्यालय घेराउ गर्नुका साथै सहरका विभिन्न भागमा विरोध प्रर्दशन गरे । पीडितहरुको जानकीचोक, जनकचोक, रामचोक, कदमचोक, भानुचोक र मिल्स एरियामा प्रदर्शन गरेका हुन् ।

मिटर ब्याजीलाई कारबाही गर्नुपर्ने, पीडितहरुको जफत गरिएको सम्पत्ति फिर्ता गर्नुपर्ने, मिटर ब्याजीको सम्पत्ति छानबिन गर्नुपर्ने, सहुलियत दरमा ऋणको व्यवस्था, मिटर ब्याजीबाट पीडितलाई न्याय दिनुपर्ने, मिटर ब्याजीबाट पीडितमाथि गरिएको यौन शोषणको छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने लगायतका विभिन्न १० वटा माग पुरा नभए आन्दोलन जारी राख्ने संघर्ष समितिका मधेश प्रदेश संयोजक मनोजकुमार पासवानले बताए । आफ्ना मागबारे सरकारलाई पटक पटक जानकारी गराएपनि सरकारले कुनै चासो नदिएको उनको भनाई छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!