US Khabar

रामचन्द्रलाई राष्ट्रपतिमा सघाउन सभाति देउवाको आग्रह :राष्ट्रपतिको उम्मेद्वार बनाएर न्याय गरेको भनाई

- USKHABAR | ४ हप्ता पहिले प्रकाशित

रामचन्द्रलाई राष्ट्रपतिमा सघाउन सभाति देउवाको आग्रह :राष्ट्रपतिको उम्मेद्वार बनाएर न्याय गरेको भनाई

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार पौडेललाई बनाएर न्याय गरेको तर्क गरेका छन् । आठ दलीय गठबन्धनले, काठमाडौंमा सांसदहरुका लागि राखेको अभिमुखीकरण कार्यक्रममा देउवाले कुनै भूमिका नदिएको भनी विगतमा आफू माथि लागेको आरोप हटेको बताएको कांग्रेस नेता सांसद रामहरि खतिवडाले जानकारी दिए । देउवाको भनाई उदृतगर्दै उनले भने ‘लोकतन्त्र र प्रजातन्त्रका लागि धेरै दुख पाएको व्यक्ति हो । धेरै पहिले देखिको मेरो साथी हो । रामचन्द्रजीलाई भूमिका नदिएको आरोप लाग्ने गरेको थियो अब राष्ट्रपति बनाउँदैछौं सबैले सहयोग गर्नुहोला ।’

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!