US Khabar

कार्यकारी पदमा महिला र पुरुषलाई आलोपालो गर्नुपर्छ : प्रदेश उपसभामुख चापागाईँ

- USKHABAR | ४ हप्ता पहिले प्रकाशित

कार्यकारी पदमा महिला र पुरुषलाई आलोपालो गर्नुपर्छ : प्रदेश उपसभामुख चापागाईँ

काठमाडौं । बागमती प्रदेशसभाका उपसभामुख अप्सरा चापागाईले, मुख्य पदमा महिलाको प्रतिनिधित्वको लागि कार्यकारी पदमा महिला र पुरुषबीच आलोपालोको व्यवस्था गर्नु पर्ने बताएकी छिन् । बिहिबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले, एक कार्यकाल महिला छ भने अर्को कार्यकाल पुरुष जाने खालको व्यवस्था अनिवार्य गरिनुपर्ने बताएकी हुन् ।

उनले भनिन् ‘मुख्य पद अध्यक्ष, मेयर , राष्ट्रपति , सभामुख जस्ता पद जाने हो भने एक कार्यकाल महिला छ भने अर्को कार्यकाल पूरुषमा जाने दालको व्यबस्था अनिवार्य लेख्नु पर्छ नत्र लिखित रुपमा भएन भने नहुने रहेछ । प्रतिनिधित्व ल्याउँन दलीय संरचनाको प्रतिनिधित्व राज्यमा भएकोले सबै दलमा यो कुरा आउँने मेकानिजम हुनु पर्छ । ’

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!