काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदिप पौडेलले राष्ट्रपतिको निर्वाचनमा आठ दलमा उम्मेद्वार रामचन्द्र पौडेलको जित पक्का भएको दाबी गरेका छन् ।काठमाडौंमा बिहीबार आयोजित आठ दलका सांसदहरुको अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मिहरुसँग कुरागर्दै उनले निर्वाचनमा रामचन्द्र पौडेलको जित निस्चित भएको दाबीगर्दै भन्दै राष्ट्रपति पदमा गएपछि कुनै पार्टी र गुटको नभई देशको अभिभावक बन्ने विश्वास व्यक्त गरे ।
उनले भने ‘मेरो विचारमा मतको हिसाबले उहाँले निर्वाचन जित्ने निस्चित छ । राष्ट्रपति पदमा गएपछि कुनै पार्टीको र गुटको नभई देशको अभिभावक बन्ने काम रामचन्द्र पौडेल राष्ट्रपति भएपछि गर्नुहुन्छ भन्ने हाम्रो विश्वास छ ।’उनले कार्यक्रममा राष्ट्रपति पदको मर्यादा कायम राख्ने संविधानको संरक्षणका रुपमा काम गर्ने राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र संविधानको रक्षा गर्दै अगाडि बढ्ने प्रतिवद्धता पौडेलले व्यक्त गरेको पनि जानकारी दिए ।
प्रतिक्रिया