US Khabar

बागमती प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम

- USKHABAR | ४ हप्ता पहिले प्रकाशित

बागमती प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम

काठमाडौं । आगामी राष्ट्रपति निर्वाचनका सन्दर्भमा आज बागमती प्रदेशसभाका सदस्यका लागि अभिमुखीकरण कार्यक्रम गरिने भएको छ । यही फागुन २५ गते हुने निर्वाचनमा आठ दलका साझा उम्मेदवार रामचन्द्र पौडेललाई विजयी गराउन आज दिउँसो १ बजे आनन्द इभेन्ट, नयाँ वानेश्वरमा अभिमुखीकरण कार्यक्रम गर्न लागिएको हो । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा अन्य राजनीतिक दलका प्रतिनिधिहरु रहनेगरी ‘राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन संयन्त्र’ गठन गरिएको हो । यस बाहेक सबै प्रदेशमा सोहीअनुसारको राष्ट्रपति निर्वाचन केन्द्रित अभिमुखीकरण कार्यक्रम हुने कांग्रेसले जनाएको छ । यसअघि आठ दलले संघीय राजधानी काठमाडौँमा प्रतिनिधिसभा र राष्ट्रियसभामा रहेका आफ्ना सांसदका लागि शीर्ष नेताको उपस्थितिमा अभिमुखीकरण कार्यक्रम गरेको थियो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!