काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपालको मिडिया बिषय बस्तुमा नभई सिमितव्यक्तिको पछि लागेर कुदिरहेको दाबी गरेका छन् । प्रेस काउन्सिल नेपालले गरेको ‘मिडियामा महिलाको सवाल’ नामक कार्यक्रममा सभामुख घिमिरेले राजनीतिक दलका सिमित नेता बोल्ने ठाँउमा मिडियाको भीड लाग्ने गरेको तर, महिलाको सवालमामिडियाको उपस्थितिनै नभएको बताए । उनले भने,‘संसदभित्रमहिलाको सहभागीताउल्लेख्य छ । सक्षमता छ । सक्रिएतापनि छ । तर,त्यसअनुसार मिडियाले बाहिर प्रचार गरिरहेको स्थिती छैन् । मिडियाको आकर्षण खासखास नेताहरु छ । जब उनीहरु बोल्ने समय आउँछ । मिडियाको उपस्थिती तँछाडमछाड हुन्छ । महिलाका गम्भिर बिषयमा पनि मिडिया देखेको नदेखै झै गर्छन् ।’ उनले संसद भित्र महिलाको सहभागीता उल्लेख्य भएतापनि मिडियाले प्रचारप्रसारमा ध्यान नदिएको बताए। विषयवस्तुले पार्ने प्रभावबारे संवेदनशिल भएर मिडियाले समाचार संप्रेषण गर्न आवश्यक रहेको उनको कार्यक्रममा भने ।
प्रतिक्रिया