US Khabar

‘प्रेरणादायी महिला पुस्तक’ सार्वजनिक

- USKHABAR | ४ हप्ता पहिले प्रकाशित

‘प्रेरणादायी महिला पुस्तक’ सार्वजनिक

काठमाडौं । आज ११२ औंअन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरि मनाइँदैछ । दिवसको अवसरमामोतीदेवी स्मृतिकेन्द्रले ‘प्रेरणादायी महिला पुस्तक’ सार्वजनिक गरेको छ । एमाले अध्यक्ष केपीशर्मा ओलीले पुस्तक सार्वजनिक गरेका हुन् । सार्वजनिक पुस्तकको अंक७ रहेको छ । कार्यक्रमलाई पुस्तककाभाषा सम्पादक रुपक अलंकारले प्रेरणादायी महिला पुस्तकमा विभिन्न क्षेत्रमा योगदान गरेका महिलाहरुको चर्चा गरिएको बताए । उनले भने,‘राजनीति क्षेत्रमा योगदान दिने मन्छेहरुको चर्चा भईरहन्छ । तर, अन्य क्षेत्रमा कामगर्ने हरुको चर्चा हुँदैन । यो अवस्था चिर्दै पुस्तकका विभिन्न क्षेत्रमा योगदान दिएका महिलाहरुको बारेमाचर्चा गरिएकाछन् । पुस्तकमा महिलाहरुका जिवन, भोगाई र संघर्षलाई समेटिएकाछन् । यसलाई कथा र उपन्यासको रुपमा पढ्न सकिनेछ । यसमा महिलाको आफ्नै कथा छ । महिला अधिकार, महिला सशक्तीकरण र लैंगिक समानता, लैंगिक विभेद तथा हिंशा उन्मूलन आदि सवालहरू अन्तर्राष्ट्रिय महिला दिवसका विषय भएको उनले बताए । राजनीतिक क्षेत्रमा योगदान दिने महिलाको चर्चा भईरहने तर, अन्य क्षेत्रमा संलग्न हुनेहरुको चर्चा नहुने हुँदा पुस्तकले यस अर्थ महत्वपुर्ण रहेको उनको भनाई छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!