US Khabar

अर्थतन्त्रमा सुधार गर्न सरकार क्रियाशिल छ : मन्त्री श्रेष्ठ

- USKHABAR | ४ हप्ता पहिले प्रकाशित

अर्थतन्त्रमा सुधार गर्न सरकार क्रियाशिल छ : मन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा भौतिकपूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले सरकार देशको अर्थतन्त्रमाआएको समस्या समाधान गर्न गम्भिर भएर लागेको बताएका छन् ।खिचापोखरी न्यूरोड व्यापार संघको ८ औं अधिवेशनमाउनले सरकार अर्थतन्त्रलाई गतिशिल तुल्याउन विविध विषयमा छलफल जुटेको बताए । देशलाई सन्तुलन तवरले अघि बढाउन राज्यमात्र नभई नीजि क्षेत्रको पनि उत्तिकै महत्व रहेको हुँदा सबै पक्ष हातेमालो गरेर अघि बढ्नु पर्ने उनको भनाई थियो । उनले भने,‘देशलाई समृद्ध बनाउनुछ । यो अभिभार हाम्रो काँधमा छ । यसमा सरकार गम्भिर छ । समुन्नत समाज निर्माण राज्यको दायित्वहो । यो लक्ष्य पूरा गर्न सरकार लागि परेको छ ।’

कार्यक्रममा खिचापोखरी न्यूरोड व्यापार संघका निवर्तमानअध्यक्ष तथा राष्ट्रिय व्यवसायमहासंघका उपाध्यक्ष मनोजबाबु श्रेष्ठले बैंकको चर्को व्याजका कारण व्यापारी आत्महत्यागर्ने अवस्थामा पुगेको बताए । व्यापारीले २० प्रतिशतभन्दा बढि नाफालिन नपाउने तर, बैंकले ७ प्रतिशतको व्याजलाई १७ प्रतिशत पु¥याएको भन्दै यसमा सरकारले हस्तक्षेप गर्नु पर्ने उनको भनाई थियो । व्यापारी सडकमा आउनुको मुख्य कारण बैंकका चर्को व्याज रहेको उपाध्यक्ष श्रेष्ठको दाबी छ । बैंकले सिङ्गल अंकमा व्याजदर कायम राख्न सके मात्रै व्यापारिले राहत पाउने उनले बताए ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!