पाकिस्तानका पूर्व राष्ट्रपति तथा पाकिस्तानी पिपल्स पार्टीका सह-प्रमुख असिफ अली जर्दारी प्रक्राउ परेका छन् । आफनो कालो धनलाई वैध बनाएको आरोपमा उनलाई इस्लामाबादबाट प्रक्राउ गरिएको हो ।

उनीमाथि नक्कली खाता बनाई बित्तीय अपचलन गरेको पनि आरोप लागेको छ । जर्दारीसंगै उनको बहिनी फरयाल तालपुरलाई पनि प्रक्राउ गरिएको छ । उच्च न्यायालयले उनीहरुको पूर्व गिरफ्तारी जमानत खारेज गरेसंगै उनीहरु प्रक्राउ परेका हुन् ।

यसअघि भ्रष्टचारकै आरोपमा जेल समेत गईसकेका जर्दारी सन् २००८ देखि २०१३ सम्म राष्ट्रपति पदमा रहेका थिए । उनी आफनो श्रीमती एवं पूर्व प्रधानमन्त्री बेनजीर भुट्टोको हत्यापछि राष्ट्रपतिका लागि चयन भएका थिए ।

निकै बिवादमा रहँदै आएका जर्दारी र उनकी बहिनीले नक्कली खाता बनाई ४.४ अर्ब देशबाहिर पठाएको आरोप छ । पाकिस्तानको राजनिती इतिहासमा जर्दारी सबैभन्दा बिवादित व्यक्तिहरुको सूचिमा पर्ने गर्छन् ।

Comments

comments