US Khabar

ब्राण्ड भर्सेस स्टारडम : कस्ले जित्ला महासङ्ग्राम ?

- USKHABAR | ४ हप्ता पहिले प्रकाशित

ब्राण्ड भर्सेस स्टारडम : कस्ले जित्ला महासङ्ग्राम ?

आज नेपाली बक्स अफिसमा २ मेगा फिल्महरु प्रदर्शन हुँदै छ । बक्स अफिसमा बलियो स्टारडम भएका नायक अनमोल केसी र बक्स अफिसमा अल टाइम रेकर्ड कलेक्सन गरेको फिल्म छक्का पञ्जाको ब्राण्डबिच आज असली भिडन्त हुँदै छ । २।० छड्के र छक्का पञ्जा ४ यि दुवै फिल्म आफैमा ब्राण्ड हुन् । तर पछिल्लो समय बजारमा छक्का पञ्जाको जस्तो सिक्वेल ब्राण्ड अरु कुनै फिल्म सँग छैन । यता अनमोलको जस्तो सोलो स्टारडम पनि अरु कुनै नायकको छैन । दीपकराज गिरी र केदार घिमिरे छक्का पञ्जा ४ लाइ अगाडि बढाउँदै छन् भने छड्केको सिरिजलाई अनमोलले टेक ओभर गर्दैछन् । युवा युवती माझ बलियो स्टार पावर भएका अनमोल र पारिवारिक दर्शकमाझ जबरजस्त क्रेज रहेको छक्का पञ्जाको बक्स अफिस रिजल्ट कस्तो आउँछ त्यो त आज शुक्रबार बाटै थाहा हुन्छ । तर कुन फिल्मको सम्भावना कस्तो छ त्यो यहाँ म विश्लेषण गर्दै छु ।

छक्का पञ्जा ४

२०७३ साल भदौ २४ गते प्रदर्शन भएको फिल्म छक्का पञ्जाले पहिलो दिन ठिकठाक कलेक्सन गरेको थियो, तर फिल्मको वर्ड अफ माउथ यसरी फैलियो कि फिल्मले दोस्रो दिनमै पहिलो दिन भन्दा ४ गुण बढि कलेक्सन गरेको थियो । प्रायः फिल्मको कलेक्सनमा पहिलो हप्ता भन्दा दोस्रो हप्तामा धेरै गिरावट आएको हुन्छ, अझै ठुला स्टार र ब्राण्ड भ्यालु भएको फिल्म हरुलाई सबैजसो दर्शकले पहिलो हप्तामै हेरिसक्छन् र दोस्रो हप्तामा दोहोर्याएर हेर्ने दर्शकमात्र हुन्छन्, जसको कारण कलेक्सन त राम्रै आउँछ तर ब्लक्बस्टर पहिलो हप्ताको तुलनामा दोस्रो हप्ता निकै कम कलेक्सन देखिन्छ । छर छक्का पञ्जा फिल्मले नयाँ किर्तिमान नै स्थापित गरेको थियो । पहिलो हप्तामै रेकर्ड कलेक्सन गरेको फिल्मले दोस्रो हप्तामा झनै धेरै कलेक्सन गर्दै नयाँ रेकर्ड स्थापित गर्यो । उक्त फिल्म मास सेन्टरहरूमा (जहाँ ४०, ५०, १०० सम्मका टिकट बेचिन्थ्यो) १०० दिन सम्म चलेको थियो । फिल्मले मल्टिप्लेक्समा (जहाँ २००,३०० सम्मको टिकट बेचिन्थ्यो) पनि ५१ दिन चलेर नयाँ रेकर्ड बनाएको थियो । फिल्मले अनुमानित १० लाख भन्दा धेरै टिकट बेचेर ऐतिहासिक रेकर्ड बनाउन सफल भएको थियो ।

त्यसबेला फिल्मले १७ करोडको ब्यापार गरेर सबै पुराना कमाइका रेकर्डहरू फराकिलो अन्तरले तोड्न सफल भयो । त्यसकै फाईदा उठाउँदै दिपक एण्ड टिमले छक्का पञ्जाको निरन्तर सिरिज निमार्ण गर्दै आइरहेका छन् । बिचमा छ माया छपक्कै नामक फिल्म बनेको थियो । त्यसपछि कोरोना लकडाउन भएपछि भने अहिले ३ बर्ष पछि पुनः छक्का पञ्जाको चौंथो सिरिज प्रदर्शन हुँदै छ । जसले सबै खाले पुराना कमाइका रेकर्ड हरु तोड्ने सामथ्र्य राख्छ । किनभने गत जेठमा प्रदर्शन भएको फिल्म कबड्डी ४ ले मात्रै २३ करोडको कमाइ गरेर नयाँ किर्तिमान बनाउन सफल भएको थियो । अहिले टिकटको रेट पनि अत्याधिक बढेको छ, अझै सिंगल स्क्रिन र मास सेन्टरहरू कोरोना लकडाउनले बन्द भएका छन् । त्यताको दर्शकहरु पनि अहिले मल्टिप्लेक्स तर्फ लागेका छन् । जसको फाईदा कबड्डी ४ ले भरपुर रुपमा उठाउन सफल रह्यो, र छक्का पञ्जाले पनि त्यसको फाईदा उठाउने व्यापक सम्भावना छ । त्यसको लागि फिल्म दर्शकको अनुमान भन्दा धेरै उत्कृष्ट हुन जरुरी छ । किनभने दर्शकको लागि अहिले अर्को फिल्म हेर्ने पनि विकल्प छ, त्यसमाथि पहिलो फिल्म चल्नुको पछाडि सस्तो टिकटको पनि महत्वपुर्ण भुमिका रहेको थियो । किनभने त्यो फिल्म एउटै दर्शकले पटकपटक हेरेका थुप्रै उदाहरण थिए । त्यसको पछाडि सस्तो टिकट र सिंगल थिएटरको निकै ठुलो भुमिका रहेको स्पष्ट बुझ्न सकिन्छ ।तर त्यो सुबिधा यस पटक छक्का पञ्जा ४ लाई छैन । एक त अनमोलको थ्रेट, अर्को तर्फ सिंगल स्क्रिन र मास सेन्टरहरू बन्द छन् । जसको कारण पुरानो रेकर्डहरू तोड्न फिल्म एक्स्ट्रा अर्डिनरी हुन आवश्यक छ ।

२.० छड्के

२०७२ साल फागुनकै २१ गते अनमोलको करियरको तेस्रो फिल्म ड्रिम्स रिलिज भएको थियो । त्यस समय अनमोलले जुन ओपनिङ दिलाएका थिए त्यो सायद कसैले कल्पना गरेका थिए होला । एक युवा नायक, जसको तेस्रो फिल्मले नै ऐतिहासिक ओपनिङ लियो । उक्त फिल्मले अनमोललाई सुपरस्टारडम भएको नायकको लिगमा ल्याएर खडा गरिदियो । त्यस फिल्म पछि अनमोलको गाजलु फिल्म रिलिज भयो । उक्त फिल्म सिर्फ अनमोलकै स्टाडमको कारणले लगानी सुरक्षित गर्न सफल रह्यो । त्यसपछि २ बर्षको अन्तरालमा अनमोलको एक्सन अवतारमा कृ फिल्म तयार भयो । उक्त फिल्मबाट अनमोलले सावित गरिदिए कि यदि उनको फिल्म राम्रो बजेटका साथ बन्यो भने उनलाई ओपनिङमा कसैले च्यालेञ्ज गर्न सक्दैन ।

तर यो पनि सत्य हो कि गाजलु र कृ दुबै फिल्मले लगानी उठाए पनि नाफा भने कमाउन सकेका थिएनन् । तर पनि उनको स्टारडम भने उक्त फिल्महरूले नै प्रमाणित गरिदिएको हो । अनमोलको करियरको सबैभन्दा कमजोर ओपनिङ गर्ने फिल्म क्याप्टेन हो । उक्त फिल्मले अनमोलको स्टारडम माथि प्रश्न उठाएको थियो । उक्त फिल्मबाट निकै आलोचना अ‍ेपेका अनमोलले १ महिनामै कमब्याक गरेर आलोचकको मुख बन्द गरिए । २०७५ को नयाँ बर्षमा प्रदर्शन भएको फिल्म ए मेरो हजुर ३ ले रेकर्ड तोड कमाई गरेर उनको स्टारडमलाई नयाँ उचाईमा पुर्याएको थियो । उक्त फिल्मले १० करोडको म्याजिकल नम्बर पार गर्यो त्यस फिल्मबाटै १० करोड कमाइ गराउने एकमात्र सोलो हिरो बनेका थिए अनमोल । तर उक्त फिल्मको कमाइमा फिल्मको ब्राण्ड भ्यालुले पनि महत्वपुर्ण भुमिका खेलेको छ । तर पनि अनमोलको फ्यान फलोइङ उक्त फिल्मबाट थप बढेको भने पक्कै हो । त्यसपछि पनि अनमोलले ए मेरो हजुर ४ मै काम गरे । उक्त फिल्म साउथ फिल्म के जि एफ २ सँग बक्स अफिसमा भिडेको थियो । गत नयाँ बर्षको अवसरमा प्रदर्शन भएको फिल्मले ठिकठाक ब्यापार गर्यो । तर अपेक्षा धेरै भएको कारण उक्त फिल्म नचलेको धेरैको टिप्पणी छ । तर पनि अनमोलले आफ्नो लाज राख्न सफल भएकै हुन् ।
त्यसो भए के के जि एफ २ सँग भिड्दा दोस्रो भएका अनमोल छक्का पञ्जा ४ सँग भिडेर पहिलो बन्न सुन्छन् त रु त्यो त आउने दिनहरुमा बक्स अफिस नम्बरले नै देखाउँछ ।

आज दुबै फिल्मको ओपनिङ सुखद् रहेका छ । कुन फिल्म अगाडि बढ्छ त्यो भने आउने केहि दिन कुर्नै पर्ने हुन्छ । – सुबाष अर्याल

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!