काठमाडौं । लोकतान्त्रिक समाजवादी पाटीका नेता राजेन्द्र महतोले नेपालमा बस्ने सबै जना नेपाली भएपनि आफुहरुले त्यस खालको अनुभूती गर्न नपाएको गुनासो गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा भोजपुरी भाषामा सम्बोधन गर्दै उनले नेपालमा बस्ने सबै नेपाली भएपनि व्यहारमा त्यस्तो नभएको बताए । रंगको आधारमा विभेद हुने गरेको उनको दुखेसो छ । उनले भने ‘ हिमाल पहाड तराई जे भूगोल छे ये नेपालके भूगोल छी तै वो भूगोलमा रहैवाला जनता के भेलै देशके सबसे बडका सवालै ये सवाल छे’ उनले अब मधेसी मात्रै नभएर उत्पिडनमा परेका सबै नागरिक एक हुनुपर्ने बताए ।
प्रतिक्रिया