गीतसंगीत स्तरिय भयो, दर्शक तथा श्रोताको मुखमा झुन्डिने भयो भने त्यसले सफलता पाउन लामो समय कुर्न पर्दैन भन्ने उदाहरण बनेको छ, ‘गलबन्दी’ ।

गायक प्रकाश सपुत र गायिका शान्ती श्री परियारको आवाजमा रहेको यो गीतले सर्वाधिक चाडो एक करोड भ्यूज पाउने गीतको रेकर्ड बनाएको छ । गीत सार्वजनिक भएको आधा महिनामा नै यसलाई एक करोड भन्दा बढी पटक हेरिएको छ ।

गीतसंगीत भ्यूजको आधारमा मात्र हिट हुन्छ भन्ने हुँदैन । तर, यो गीतले भ्यूज मात्र होइन, दर्शक श्रोताको माया पाएको छ । प्रकाश सपुत र अन्जली अधिकारीले अभिनय गरेको यो गीतलाई ३ लाख ७ हजार भन्दा बढीले लाइक गरेका छन् भने करिब ३० हजार कमेन्ट गीतमा आएको छ ।

यो गीत बालबच्चा, यूवादेखि वृद्धसम्मको मुखमा झुन्डिएको छ । यसको सफलता आफैमा लोभलाग्दो हो ।

भिडीयो हेर्नुहोस्–

Comments

comments