युक्रेनको ओडेसा शहरमा मानसिक रोगीहरुको उपचार गर्ने एक अस्पतालमा भएको आगलागीमा परी ६ जनाको मृत्यु भएको छ । एक तले यस भवनमा सोमबार साँझ आगलागी भएको आकस्मिक सेवाद्वारा जारी विज्ञप्तिद्धारा जानकारी दिईएको हो ।

आगलागीमा परी घाइते भएका अन्य चार जनालाई उपचारार्थ अस्पताल भर्ना गरिएको विज्ञप्तिमा जनाइएको छ । आगलागीमा नौ जनाले भने भागेर ज्यान बचाएका थिए ।

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले यो अति नै दुःखान्त घटना भएको बताउँदै प्रधानमन्त्री भोलोदिमर ग्रोएस्म्यानलाई यस घटनाको तत्काल छानबिन गर्न निर्देशन दिएका छन् । आगलागीको कारण भने पत्ता लागेको छैन ।

Comments

comments