पर्यटन प्रवर्द्धन र पर्यटनप्रति यूवा पुस्ताको आकर्षणका लागि ग्लोबल टुरिजम प्रमोसन काउन्सिलले सोमबार होली महोत्सव तथा स्पेनमा मनाइने ला–टोमिनो फेस्टिबलको आयोजना गर्ने भएको छ ।
नेपाली कला संस्कृतिको जगेर्ना गर्नुका साथै नेपाली संस्कृतिलाई विश्व सामु चिनाउने र आन्तरिक तथा बाह्य पर्यटनलाई समेत टेवा पुग्ने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागेको काउन्सिलले जनाएको छ । काउन्सिलका अध्यक्ष धर्मेन्द्र सापकोटाले नेपाली संस्कृतिसँगै विदेशी संस्कृतिको आदान प्रदानका लागि यस्ता फेस्टिबलले सहयोग पुग्ने बताए ।
विदेशी संस्कृतिलाई भित्र्याएको आरोपको खण्डन गर्दै अध्यक्ष सापकोटाले हाम्रो संस्कृति विदेशीलाई चिनाउन र स्पेनको संस्कृति हामीले सिक्ने मौका भएको बताए । यस्ता कार्यक्रमले दुई देशको भाइचारा पनि बढने सापकोटाको भनाइ छ ।
फेस्टिबलमा प्रतियोगितात्मक रुपमा महिलाहरुको कबड्डीको पनि आयोजना गर्न लागेको छ । कार्यक्रम नेपाल स्काउट लैनचौरमा दिनको १२ बजेबाट शुरू हुने आयोजकले जनाएको छ ।
प्रतिक्रिया