करेन्ट लागेर सल्यानमा एक महिलाको मृत्यु भएको छ । सल्यानको बागचौर नगरपालिका वडा नं। २ शेराचौरकी ३७ वर्षीया भूमि वलीको करेन्ट लागेर मृत्यु भएको हो ।

वलीको सोमबार बिहान घाँस काट्न गएको समयमा जमिनमा लत्रिएको तारबाट करेन्ट लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको थियो ।

ईलाका प्रहरी कार्यालय थारमारेका प्रमुख एवं प्रहरी निरीक्षक लिलाभक्त बादेका अनुसार वलीका परिवारलाई क्षतिपूर्ति बापत विद्युत प्राधिकरणले प्रचलित नियम अनुसार ५ लाख क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको छ ।

 

Comments

comments