US Khabar

ऋण गरेर ल्याएको रेलमा त्रिपाल ओडाएर राखियो : दुर्गा प्रसाईं

- USKHABAR | ४ हप्ता पहिले प्रकाशित

ऋण गरेर ल्याएको रेलमा त्रिपाल ओडाएर राखियो : दुर्गा प्रसाईं

काठमाडौं । राजतन्त्र फर्काउने अभियानमा लागेका दुर्गा प्रसाईंले ऋण गरेर ल्याएको रेलमा त्रिपाल ओडाएर राखेको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई व्याङ्ग्य हानेका छन् । आज शनिबार ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ mमहाअभियान’को प्रदर्शनमा बोल्दै उनी मान्छे नभएको देशमा रेल ल्याएर थन्काएर मात्रै राखेको भन्दै नेताहरुमाथि खनिएका हुन् । मान्छे नभएको देशमा रेल ल्याएर थन्काएको छ । हिजो राजाले देश छोड्दै गर्दा २३ अरव ऋण थियो तर ६० वटा कारखानाहरु थिए । ति कारखानाहरु सबै बेचेर खाए । आज २२ खर्व ऋण भयो केवल गाउँमा टावर बन्दै छ, कहाँ हेर्न बनाएको भन्दा डिल्ली हेर्न बनाएको रे टावर चड्ने मान्छे खाडीमा छन् । ऋण गरेर रेलल्याएको छ त्रिपाल ओडाएर राख्या छ ।

सत्तामा बस्नेहरुले आफ्नो कार्यभार समाल्ननसके ईमादारपुर्वक सत्ता छोडेर जानुपर्ने भन्दै आक्रोसित भएका प्रसाईले देशमा भएको भ्रष्टाचारको अन्त्य हुनुपर्ने बताएका छन् । अभियानमा संघीयता खारेजी र हिन्दु राष्ट्र कायमको मागलाई जोडदार रुपमा उठाइएका छन् । अभियानमा सहभागिहरुले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउको नारालाई पनि चर्कोरुपमा उठाइएका छन् । प्रदर्शनकारीहरुले नेपाललाई हिन्दुराष्ट्र कायम गरिनुपर्ने, संघीयता खारेज गर्नुपर्ने भन्दै राजतन्त्रको पक्षमापनि नाराबाजी गरेका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!