काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले आज महिलाले समाजमा एक तहसम्म प्राप्त गरेको अधिकार समाजवादी, क्रान्तिकारी कम्युनिष्ट आन्दोलन र नेताहरुको योगदान भएको बताएका छन् । संयुक्त महिला सङ्घ सङ्घर्ष समितिले आयोजना गरेको ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा वर्तमान परिस्थिति र महिला मुक्तिको प्रश्न विषयक कार्यक्रममा बोल्दै उनले कम्युनिष्ट नेताहरुले गरेको सामन्तवाद, पितृसत्ता र महिलामाथिको अन्याय र विभेदको विरुद्ध लडेको लडाईले हामी यो अवस्थासम्म आइपुगेको उल्लेख गरेका छन् ।
‘कम्युनिष्ट नेताले आफ्नो परिवार, समाज र देशमा जुन खालको सामन्तवादको विरुद्धमा क्रान्ति छेडे पितृसत्ता, महिलामाथि भएको अन्याय र विभेदको बारेमा जुन तहको लडाई लडिएको थियो त्यसले हामीलाई यहाँ पु¥याएको हो । यसको हामीले रक्षा गर्नुपर्छ । ’देशमा दलाल पुँजीवादीहरुले सत्ता सम्हालेको हुनाले अहिले लाखौं युवाहरु विदेश जान बाध्य भएको भन्दै युवा शक्ति नभएको देश विकास हुन नसक्ने बताए । महिलामाथिको उत्पीडन विरुद्धको आन्दोलन अहिलेको अवस्थामा एकदमै महत्वपूर्ण भएको भन्दै जँहा विभेद र शोषण हुन्छ त्यहाँ नयाँ आन्दोलनको सुरुवात हुने बताए ।
हाम्रो संगठनले बेचिएका र लुटिएका महिलाहरुको संरक्षण गर्दै आएको पनि उल्लेख गरेका छन् ।
प्रतिक्रिया