काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फौजदारी कसुरमा पक्राउ गरी अनुसन्धान गर्न माग गरिएको रिट आइतवार दर्ता हुने भएको छ । सर्बोच्च अदालतको आदेशसँगै प्रधानमन्त्री दहाल विरुद्धको रिट दर्ता हुन लागेको हो । सर्बोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको इजलासले शुक्रवार उक्त रिट दर्ता गर्न आदेश दिएको थियो । सोही आदेशपछि आइतबार रिट दर्ता गरिन लागेको हो । ढिलो गरी आदेश आएको र लिखित आदेश प्राप्त नभएको कारण आइतबार आदेशको प्रतिलिपि लिई रिट दर्ता गरिने अधिवक्ता आरणले जानकारि दिए ।
२०७६ माघ १ गते माघी पर्वका दिन टुँडिखेलमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले द्वन्द्वकालमा मारिएका ५ हजारको जिम्मेवारी आफूले लिएको अभिव्यक्तिलाई लिएर अधिवक्ता ज्ञानेन्द्रराज आरणलगायतका २५ जना र कल्याण बुढाथोकी लगायतका ९ जनाले सर्वोच्चमा रिट दर्ता गराएका थिय ।
प्रतिक्रिया