पुनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण संम्पन्न भएको चलचित्र “मारुनी”को पहिलो गीत ‘जाम न माया जाम’ सार्बजनिक भएको छ । दिपक बज्राचार्यको स्वर रहेको यो गीत रिक्की शाक्यले लेखेका हुन् भने संगीत स्वोयम गायक बज्राचार्यको रहेको हो ।


चलचित्र मारुनीमा अहिलेका चल्तीका नायक पुष्प खड्का संगै साम्रागी राज्यलक्ष्मी शाह र उनका साथमा  सुशील छेत्री, रेबिका गुरुङ, आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेढाई, बिनोद भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाइ नवल नेपालले निर्देशन गरेका हुन् । पुनम गौतमको निर्माणमा सम्पन्न चलचित्र मारुनी आगामी भदौ १३ बाट देश तथा विदेशका सिनेमा घरहरुमा प्रदर्शनमा आउने भएको हो ।

केहि दिन पहिला राजधानीमा एक कार्यक्रमको आयोजना गरी फर्स्ट लुक ( पोस्टर ) सार्बजनिक गरेको निर्माण यूनिटले आज बुढा सुब्बा मुभिज मार्फत पहिलो गीत सार्बजनिक गरेको छ ।

जिन्दगिका रंगहरु अर्थात् कलर अफ लाइफको संज्ञा दिएको मारुनीलाइ गोबिन्द फुयाल र नवल नेपालले लेखेका हुन् । स्मरणरहोस , निर्देशक नवल नेपालले निर्देशन गरेको अघिल्लो चलचित्र ” मङ्गलम” ब्यबसायिक रुपमा सफल चलचित्र ठहरिएको थियो ।

चलचित्र मारुनीका अन्य गीतमा अर्जुन पोख्रेल र कृष्ण काफ्ले को संगीत रहेको छ ।

मारुनीको “जाम न माया जाम” हेरौ

 

Comments

comments