काठमाडौं । सञ्चार तथा सूचनाप्रविधि मन्त्री रेखा शर्माले तथ्यांक तथा साइबर सुरक्षाका लागि आवश्यक नीति बनाउने कार्यलाई सरकारले प्राथमिकतामा राखेको बताएकी छिन् । नेपाल दूरसञ्चार प्राधिकरणको रजत जयन्तीमा उनले गोपनयिता, तथ्यांक तथा साइबर सुरक्षा कायम गर्नु अहिलेको चुनौती भएको बताउँदै त्यसका लागि आवश्यक नीति तथा कानून निर्माणलाई सरकारले प्राथमिकता दिएको बताइन् । उनले भनिन्,‘साइबर सुरक्षा अहिलेको आवश्यकता हो । तथ्यांक तथा गोपनियता सुरक्षा पनि अहिले उत्तिकै आवश्यक छ । यसका लागि आवश्यक नीति तथा कानून निर्माण गर्न आवश्यक छ । यो कार्यलाई सरकारले प्राथमिकतामा राखेको छ ।’ कार्यक्रममा उनले दूरसञ्चार सेवालाई गुणस्तरीय, भरपर्दो र सर्वसुलभ बनाउनुु अहिलेको आवश्यकता रहेको बताइन् । साथै, उनले दूरसञ्चार सेवा सञ्चालन तथा प्रयोगको सम्बन्धमा नीतिगत, कानूनी तथा संरचनागत रुपमा आवश्यक सुधार गर्न आवश्यकता रहेको टिप्पणी गरिन् ।
उनले भनिन्, ‘दूरसञ्चार सेवालाई गुाणस्तरीय, भरपर्दो, सर्वसुलभ बनाउनु पर्छ । यसका सेवा सञ्चालन तथा प्रयोगका सम्बन्धमा नीतिगत, कानूनी तथा संरचनागत रुपमा आवश्यक सुधार गर्नु पर्ने देखिन्छ । त्यसो हुन सके यसका सेवा बिस्तार हुनेछ ।’ साइबर सुरक्षा, गोपनयिता सुरक्षा र तथ्यांक सुरक्षा कायम गर्न आवश्यक नीतिगत र कानूनी कार्य सरकारले पहिलो प्राथमिकतामा राखेको उनले जानकारी दिईन् । सञ्चारमन्त्री शर्माले दूरसञ्चारको पूर्वाधार र सेवाप्रवाहलाई प्रभावकारी तुल्याउन प्राधिकरणले वस्तुनिष्ठ कार्ययोजना बनाउन आवश्यक भएको समेत बताइन् । उनले भनिन् ‘दूरसञ्चार पूर्वाधार र दूरसञ्चार सेवाप्रवाहको प्रभावकारी व्यवस्था गर्न प्राधिकरणले वस्तुनिष्ठ कार्ययोजना बनाउन आवश्यक छ । प्रविधिमा आएको विकाससँगै एआई, ब्ल्याक चेन, आईओटी, फाइभजी जस्ता नविन प्रविधिहरुको विकास भएको छ । नेपालमा विगतको तुलनामा सूचना प्रविधि तथा दूरसञ्चारको क्षेत्रमा क्रमिक सुधार आएपनि विश्वव्यापी सूचकमा भने अझै धेरै पछाडि छ । विश्वमानचित्रमा दूरसञ्चारको क्षेत्रमा नेपालको अवस्था सशक्त बनाउनुपर्छ ।’
प्रतिक्रिया