नेपाल फिल्म सोसाईटी द्वारा कलाकार संघका नब निर्बाचित कार्य समितिलाई बधाई ज्ञापन

29

काठमाडौँ : नेपाल फिल्म सोसाईटी द्वारा नेपाल चलचित्र कलाकार संघका नब निर्बाचित कार्य समितिलाई बधाई तथा सम्मान कार्यक्रम आयोजना गरि सफल कार्यकालको शुभकामना दिएको छ । नेपाल फिल्म सोसाईटीका अधक्ष्य बरिष्ट अभिनेता कृष्ण मल्लको संयोजकत्वमा बरिष्ट गायिका संचारकर्मी तथा माननीय संसद कोमल ओलीको उपस्थितिमा नेपाल चलचित्र कलाकार संघका नब निर्बाचित कार्य समितिलाई बधाई तथा शुभकामना ब्यक्त गरिएको हो ।

उक्त कार्यक्रममा संघको नब निर्बाचित अधक्ष्य रबिन्द्र खड्का, उपाध्यक्ष रेजिना उप्रेती, उपाध्यक्ष सानुकुमार ताम्राकार, महासचिव चेतबहादुर सिंह राजा, सचिव पनाह अधिकारी, कोषाध्यक्ष सुनिल कटुवाल, सह-कोषाध्यक्ष पवित्रा आचार्य तथा सदस्यहरु उद्धव भट्टराई, जीवन थापा, धर्मानन्द आचार्य, धनराज केसी, रोहित रुम्बा र पवनप्रसाद खतिवडा लगायतका कार्यसमितिको उपस्थिति रहेको थियो ।

नेपाल फिल्म सोसाईटीका अधक्ष्य बरिष्ट अभिनेता कृष्ण मल्ल, निर्माता नायक मदु कुमार श्रेष्ठ, नारायण प्रधान, शंकर लाल श्रेष्ठ, मदनदाश श्रेष्ठ, पुरन जोशी, राजेश बिशुराल, मोहन निरौला, नवल खड्का, निर्मल शर्मा, बिजय रत्न तुलाधर, बिमला गिरि, तेजुला खतिवडा लगायतका बिशिस्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमलाइ मनिषा श्रेष्ठ र शाेभित उप्रेतीले प्रयोजन गरेका थिए ।

Comments

comments