काठमाडौं । सत्ता गठबन्धन आठ दलको बैठक आज दिउँसो ४ बजे बस्ने भएको छ । बैठकमा राष्ट्रपति निर्वाचन तथा मन्त्रीपरिषद् विस्तारका सम्वन्धमा छलफल हुनेछ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति निर्वाचन अघि नै मन्त्रीमण्डल विस्तार गर्ने मुडमा छन् । तर, आकांक्षी धेरै भएको हुँदा दलहरुले मन्त्री पठाउन सकिरहेका छैनन् । अर्को दलहरुबीच मन्त्रालय भागबण्डाको बिषय पनि टुंगिसकेको छैन । सरकारबाट एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी बाहिरिएपछि अधिकांश मन्त्रालय नेतृत्व बिहीन छ । खाली भएको मन्त्रालयको कार्यभार अहिले प्रधानमन्त्री दाहालले नै सम्हालि रहेका छन् ।
प्रतिक्रिया