काठमाडौं । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने भएको छन् । दिउँसो १ बजे बस्ने प्रदेशका बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् । सभाको ठुलो दलको हैसियतले शाह गत २६ माघमा मुख्यमन्त्री नियुक्त भएका थिए । कानून अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । मुख्यमन्त्री शाहले विश्वासको मत जुटाउन दलहरुसँगको् आन्तरिक छलफललाई तिब्र तुल्याएका छन् ।
माओवादी केन्द्रले यथाअवस्थामा विश्वासको मत दिन नसक्ने निर्णय गरेपछि उनी अप्ठ्यारोमा परेका छन् । माओवादीले मुख्यमन्त्रीमा आलोपालो हुुनु पर्ने माग राख्दै आएको छ । मुख्यमन्त्रीले छलफलको वातावरण नबनाएको माओवादी संसदीय दलका नेता खगराज भट्टले धारण राख्दै आएका छन् । एता, नागरिक उन्मुक्ति पार्टीले पनि विश्वासको मत लिनुअघि लिखित प्रतिवद्धता हुन पर्ने माग राखेको छ । उन्मुक्तिले दलिय सहमति हुने पर्ने भन्दै आएको छ । यसअघि एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । तर, उनले विश्वासको मत लिन नसकेपछि सरकार गिरेको थियो ।
प्रतिक्रिया