US Khabar

तोलामा ३०० रुपैयाँले बढ्यो सुनको मूल्य

- Admin | ४ हप्ता पहिले प्रकाशित

तोलामा ३०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– साप्ताहिक कारोबारको पहिलो दिन आज आइतबार नेपाली बजारमा पहेँलो धातु सुनको मूल्य सामान्य बढेको छ । आइतबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

तोलामा ३०० रुपैयाँले बढेपछि आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ३०० रुपैयाँ कायम भएको छ।यसअघि गत साताको अन्तिम कारोबार दिन ९शुक्रबार० सुनको मूल्य तोलामा १०० रुपैयाँ घटेको थियो। शुक्रबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ५०० र तेजाबी सुन प्रतितोला १ लाख २ हजार रुपैयाँमा किनबेच भएको थियो ।

आइतबार चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेर प्रतितोला १ हजार २७५ रुपैयाँ कायम भएको छ। यसअघि शुक्रबार चाँदी प्रतितोला १ हजार २६५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!