US Khabar

शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज तीन खेल हुँदै

- Admin | ४ हप्ता पहिले प्रकाशित

शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज तीन खेल हुँदै

काठमाण्डौ, शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज तीन वटा खेल हुँदैछन् । यी खेल च्यासल मैदान र दशरथ रङ्गशालामा हुने भएको हो ।

च्यासल मैदानमा हुने खेलमा दिउँसो साढे २ बजे न्युरोड टिम एनआरटी र सातदोबाटोबीच खेल हुनेछ । त्यस्तै दशरथ रङ्गशालामा दिउँसो साढे २ बजे आर्मी र सङ्कटा क्लब तथा बेलुका साढे ५ बजे मच्छिन्द्र र जावलाखेल युथ क्लबबीच खेल हुनेछ ।

मच्छिन्द्र लिगको साविक विजेता टोली पनि हो । हिजो भएको खेलमा एपीएफले थ्री स्टारलाई तथा चर्च ब्वाइजले पुलिसलाई हराउँदै विजयी सुरुवात गरेका छन् । हिजोको अर्को खेलमा मनाङ मस्र्याङ्दी क्लब र हिमालयन शेर्पा क्लबले १–१ गोलको बराबरी खेलका छन् ।

‘ए’ डिभिजन लिगको विजेताले उपाधिसहित ७५ लाख, दोस्रो हुने टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् । लिगमा सहभागी १४ क्लबबीच हुने १ सय ८२ खेलपछि अङ्क तालिकाको पुछारमा रहेका दुई टोली ‘बी’ डिभिजनमा घटुवा हुनेछन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!