काठमाण्डौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मुलुकको पक्षमा उभिन नसक्ने प्रधानमन्त्री भएको टिप्पणी गरेका छन् । २४ औं यदु स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा पोखरेलले देशको स्वाधिनता, साम्राज्यवाद, सामन्तवाद आन्दोलनको नेतृत्व गरेको व्यक्ति मुलुकका बारेमा फैसला गर्ने गरी उभिन नसक्ने बताएको हो ।
पार्टीभित्रको अन्तरसंघर्षमा सही विचारलाई निषेध गरेकै कारण प्रचण्डले अहिले बिडम्वनापूर्ण राजनीतिको यात्रा गर्नुपरेको उनको ठहर छ। चलाखीका साथ देशको नेतृत्व प्राप्त गरेपनि देशलाई सही बाटोमा हिडाउँने सामथ्र्य प्रचण्डमा नरहेको उनको भनाइ छ । प्रचण्डले पाँच दलीय गठबन्धन असफल भइसकेपछि त्यसबाट मुलुकलाई जोगाउन माओवादीसँग सहकार्य गरेको तर अहिले राष्ट्रपतिका विषयमा सहकार्य तोडेर हिँडेको बताए ।
देशमा आर्थिक संकट बढेको बेला नयाँ सरकार बनेपछि मुलुकको आर्थिक अवस्था सुधार भएपनि अहिले पुनः समस्या देखिएको पोखरेलले टिप्पणी गरे ।
प्रतिक्रिया