US Khabar

बैतडीमा आफ्नै ११ बर्षिय छोरी बलत्कार गर्ने बाबु र ६१ बर्षिय आमा बलत्कार गर्ने छोरा पक्राउ

- Admin | ३ वर्ष पहिले प्रकाशित

बैतडीमा आफ्नै ११ बर्षिय छोरी बलत्कार गर्ने बाबु र ६१ बर्षिय आमा बलत्कार गर्ने छोरा पक्राउ

बैतडीमा दुई ब्यक्ती बलत्कार आरोपमा पक्राउ परेका छन् । बैतडीको पञ्चेश्वर गाउँपालिका ४ मा आफ्नी ११ बर्षिय छोरीलाई बलत्कार गर्ने बाबु र पुर्चौडी नगरपालिका १० मा आफ्नी ६१ बर्षिया आमालाई बलत्कार गरेका छोरा पक्राउ परेका हुन् ।

श्रीमतीको मृत्यु भएपछि बाबु छोरी संगै बसेको घरमा नै ११ बर्षिय छोरी बलत्कार गर्ने ति पुरुष ४५ बर्षका रहेका छन् । मदिरा सेवन गरेर पटक पटक छोरीलाई बलत्कार गर्दै आएका उनि अन्तत छोरीको बयानका आधारमा पक्राउ गरिएको हो । मंगलबार पनि छोरीलाई बलत्कार गर्न खोज्दा भागेकी छोरीले गाउँलेहरुलाई आफुमाथी हुँदै आएको बलत्कारका बारेमा बताएपछि यो घटना बाहिर आएको थियो । बलत्कारी ति पुरुषलाई पक्राउ गरिएको छ ।

त्यस्तै बैतडीको पुर्चौडी नगरपालिका १० मा ६१ बर्षिया आमालाई बलत्कार गर्ने छोराको उमेर ३२ बर्ष रहेको छ । ति युवकले आमा माथी बलत्कार गरिरहेको सुचना स्थानियले वडा अध्यक्षलाई दिएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । आमालाई बलत्कार गरेपछि उनले आत्महत्याको प्रयास गरेको पाईएको छ । उनले नुमाक नामक बिषादी सेवन गरेको भएपनि उनको अवस्था अहिले सामान्य रहेको बताईएको छ । पक्राउ गरिएका उनलाई हिरासतमा राखी अनुसन्धान सुरु गरिएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!