US Khabar

दुर्गा प्रसाईँ नेतृत्वको महाअभियान जारी

- USKHABAR | ४ हप्ता पहिले प्रकाशित

दुर्गा प्रसाईँ नेतृत्वको महाअभियान जारी

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको समुहले माइतिघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । काठमाडौंमा युवा व्यवसायी प्रेम आचार्यले, आत्मदाह गरेको स्थानबाट हिजोदेखि अभियान सुरु गरेको सो समुहले आज माइतीघरमा प्रर्दशन गरेको हो । संघीयता खारेजी र हिन्दु राष्ट्र कायमको मागलाई मुख्य मुद्दा बनाएको सो समुहले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउको नारादिएको छ । प्रदर्शनमा सहभागिले नेपाललाई हिन्दुराष्ट्र कायमगरिनुपर्ने, संघीयता खारेज गर्नुपर्ने भन्दै राजतन्त्रको पक्षमाचर्को नाराबाजी गरेका छन् । पूर्व राजा ज्ञानेन्द शाहलाई उपस्थित गराई झापाबाट सुरु भएको प्रसाईँको अभियानदेशकाविभिन्नशहरमाहुदैँ काठमाडौं आईपुगेको हो । महाअभियनले बैंकको व्याजदर घटाउनु पर्ने, २० लाखम्म ऋण मिनाहागर्नुपर्ने लगायतकामागपनि राखेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!