US Khabar

विश्व क्रिकेट लिग–२ः पीएनजीले यूएईलाई हरायो

- Admin | ४ हप्ता पहिले प्रकाशित

विश्व क्रिकेट लिग–२ः पीएनजीले यूएईलाई हरायो

काठमाण्डौ – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा पपुवा न्युगिनी पीएनजीले संयुक्त अरब इमिरेट्स यूएईलाई ५ विकेटले हराएको छ ।

यूएईले दिएको ९८ रनको सामान्य लक्ष्य पीएनजीले २५ ओभर ४ बलमा ५ विकेट गुमाएर भेटायो । पीएनजीका लागि टोनी उराले नटआउट ३५ रन बनाए । बलिङतर्फ यूएईका रोहन मुस्तफाले २ विकेट लिए । यस्तै जुनैद सिद्दिकी, आयन अफजल खान र जहूर खानले १र१ विकेट लिए ।

यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको यूएई २६ ओभर २ बलमा ९७ रनमात्र बनाउन सक्यो । यूएईका लागि वृत्य अरविन्दले सर्वाधिक २० रन बनाउँदा अन्य ४ जना खेलाडीले १ रन पनि जोड्न सकेनन् । बलिङतर्फ पीएनजीका रिले हिकुरेले ४ र चाद सोपरले ३ विकेट लिए ।

यो शृङ्खलामा नेपालले भोलि सोमवार यूएईसँग खेल्नेछ । नेपालले लिग–२ मा ५ खेल खेल्न बाँकी नै छ । बाँकी सबै खेल जितेमा नेपालले सोझै विश्व कप छनोट खेल्न पाउनेछ भने ३ खेल जिते एकदिवसीय मान्यता कायमै रहनेछ । अङ्क तालिकामा नेपाल ३१ खेलमा ३० अङ्ककका साथ छैटौँ स्थानमा छ ।

पीएनजी ३२ खेलमा ९ अङ्कसहित तालिकाको पुछारमा छ । ३१ खेल खेलेको यूएई ३१ अङ्कका साथ पाँचौँ स्थानमा छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!