काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वित्तीय क्षेत्रको समस्यालाई सरकारले गम्भीरता पूर्वक लिएको बताएका छन् । आइतबार दिउँसो सिंहदरबारमा बैंक तथा वित्तीय क्षेत्रका समस्याको पहिचान र समाधान सम्बन्धि बैठकमा प्रधानमन्त्रीले बैंक तथा वित्तीय क्षेत्रका समस्यालाई आफुले गम्भिर रुपमा लिएको बताएका हुन् ।प्रधानमन्त्रीको सचिवालयका अनुसार उनले बैंकको ब्याज, लघुवित्तका समस्या, व्यवसायीहरूको चासो र वित्तीय अराजकता निम्त्याउनखोज्ने प्रवृत्ति लगायतका विषयलाई लिएर सरकारले गम्भीर भएको बताए । उनले भने“बैंकको ब्याजदरलाई लिएर व्यवसायीका गुनासो देखिएको छ । लघुवित्तका समस्याबारे दिनदिनैजसो समाचार प्रकाशित भइरहेका छन् । व्यवसायीहरूले विभिन्न ढंगले चासो र चिन्ता राखेका छन् । यही मौकामा अराजक तत्वले वित्तीय अराजकता निम्त्याउने कोशिस गरिरहेका छन् । यी सबै परिघटनालाई मैले गम्भीर रूपमा लिएको छु ।”
अर्थतन्त्र अहिले पनि अप्ठ्यारो परिस्थ्तििमै रहेको बताएका प्रचण्डले समस्या समाधानका लागि सक्दो प्रयास भइरहेको दोहो¥याए । “अर्थतन्त्र अप्ठ्यारो परिस्थितिमै छ । म प्रधानमन्त्रीमा निर्वाचित भएपश्चात् मन्त्रिपरिषदको पहिलो बैठकमा नै अर्थतन्त्रका समस्या समाधानका निम्ति निजी र सार्वजनिक क्षेत्रको सहकार्यमा अगाडि बढ्ने निर्णय गरिएको थियो” प्रधानमन्त्रीले भने“आजको छलफल बैंक तथा वित्तीय क्षेत्र र लघुवित्त समेतका समस्या समाधानमा केन्द्रित छ । सरकार अर्थतन्त्रका चुनौती समाधान गर्न तल्लीन छ । बैंक र लघुवित्तका क्षेत्रमा जनताका गुनासो प्रति म जानकार र सचेत छु । यसलाई के–कसरी समाधानगर्न सकिन्छ, तपाईहरूको सुझावको अपेक्षा गरेको छु । परिआए समस्या समाधानका निम्ति उच्चस्तरीय आयोग नै बनाउनुपर्ने पनिहुन सक्छ ।”
बैठकमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विस्तारै अर्थतन्त्रका सुचकहरू सकारात्मक दिशातर्फ अग्रसर भइरहेको दाबी गरे । बैठकमा निजी क्षेत्रका प्रतिनिधिहरू र बैंकिङ क्षेत्रका प्रतिनिधिहरूले निजी क्षेत्रको अवस्थाको चर्चा गर्दै बैंक तथा लघुवित्त क्षेत्रमा देखिएका समस्या समाधानका निम्ति सरकारलाई विभिन्न सुझावहरू प्रस्तुत गरेका थिए ।बैठकमा नेपाल सरकारका मुख्यसचिव, अर्थमन्त्रालयका सचिव, नेपाल राष्ट्र बैंकका गभर्नर, उद्योग वाणिज्य महासंघका पदाधिकारीहरू, विभिन्न व्यवसायिक संगठनका प्रतिनिधिहरू, बैंकर एसोसिएसन लगायत वित्तीय क्षेत्रका प्रतिनिधिहरू सहभागि थिए ।
प्रतिक्रिया