US Khabar

मदन भण्डारी हत्याको छानबिनको क्रममा थप २१ जनाको हत्या भयो : एमाले अध्यक्ष ओली

- USKHABAR | ४ हप्ता पहिले प्रकाशित

मदन भण्डारी हत्याको छानबिनको क्रममा थप २१ जनाको हत्या भयो : एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी मदन भण्डारी र जीवराज आश्रितको हत्या छानबिनको क्रममा थप २१ जनाको गोलि हानेर हत्या भएको दाबी गरेका छन् । आइतबार सुखानी सहिद स्मृति दिवसको अवसरमा पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उनले मदन, आश्रितको हत्यारा पत्ता लाग्ने डरले २१ जनाको हत्या भएको जिकिर गरे ।

उनले ०५२ सालपछि राजनीतिक स्वार्थका लागि १७ हजार मान्छे मारेको आरोप लगाउँदै राजतन्त्रको अन्त्यका लागि माओवादी युद्धको कुनै भूमिका नरहेको दाबी गरे । संविधानसभाकै लागि १६ हजार मान्छे मर्नुपर्छ र भन्दै पहिला एकदुई जनाको हत्या हुँदासमेत हल्ला भएपनि बहुदल आएको जिकिर गरे ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!