US Khabar

लोकतन्त्रमा अराजकता स्वीकार हुँदैन् : कानून मन्त्री श्रेष्ठ

- USKHABAR | ४ हप्ता पहिले प्रकाशित

लोकतन्त्रमा अराजकता स्वीकार हुँदैन् : कानून मन्त्री श्रेष्ठ

काठमाडौं । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगा नारायण श्रेष्ठले लोकतन्त्रमा अराजकतास्वीकार नहुँने टिप्पणी गरेका छन् । आईतबार विद्युतीय सामग्रीको स्वनियमन र सामाजीक उत्तरदायीत्वबारे सरोकारवालासंगको छलफल कार्यक्रममा बोल्दै उनले लोकतन्त्र कलिलो भएर स्वतन्त्रता बुझ्ने सन्दर्भमा स्वच्छन्दता प्रयोग भइरहेको भन्दै अराजकता लोकतन्त्रमा स्वीकार नहुँने बताएका हुन् । उनले डिजिटल संचार माध्यमले समाजमा नकरात्मक भूमिका निर्वाह गरेको टिप्पणी गरे ।

उनले भने ‘लोकतन्त्र कलिलो भएर स्वतन्त्रता र स्वच्छन्दतालाई एउटा रुपमा बुझ्छौं । स्वतन्त्रता बुझ्ने सन्दर्भमा स्वच्छन्दता प्रयोग गरीरहेका छौं । स्वच्छन्दता भनेको अराजकता हो । अराजकता लोकतन्त्रमा स्वीकार हुँदैन् । र यसको लागि नियन्त्रण भन्दा अर्को विकल्प पनि हुँदैन । समाजमा जुन किसीमको विकृति विसङगती बढाउँने डिजिटल संचार माध्यमको नकारात्मक भूमिका निर्वाह गरेको छ त्यसलाई घटाउँ ।’मन्त्री श्रेष्ठले लोकतन्त्रमा स्वनियमन लाई नै विशेष जोड दिन आबश्यक रहेको बताए ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!