US Khabar

लोकतन्त्रमा माओवादिलाई अपराधी बनाउने अधिकार छैन : विप्लप

- USKHABAR | ४ हप्ता पहिले प्रकाशित

लोकतन्त्रमा माओवादिलाई अपराधी बनाउने अधिकार छैन : विप्लप

काठमाडौं । नेकपा महासचिव नेत्र विक्रम चन्दविप्लवले माओवादीलाई अपराधिको रुपमा चित्रणनगर्न चेतावनी दिएका छन् । काठमाडौंमा आइतबार आयोजित कार्यक्रम माउनले माओवादीलाई अपराधी बनाए इतिहास दोहोरिने चेतावनी दिएका छन् । उनले भने, ‘माओवादीलाई अपराधीकरण बनाउन खोजियो भने इतिहास दोहोरिन्छ । इतिहास दोहो¥याउन सकिन्छ । यो कुरा सबैले हेक्का राख्नुपर्छ ।’ माओवादी अपराधी भनेरै भाष्यनिर्माण गर्न खोजिएको भन्दै चन्दले आक्रोशित हुदैँ भने ‘अहिले माओवादीलाई अपराधी बनाउन खोजिँदै छ । बेपत्तालाई अपराधी बनाउन खोजिँदै छ असम्भव छ । यो लोकतन्त्रमा माओवादीलाई अपराधी बनाउने अधिकार छैन । यो लोकतन्त्रमा बनाउन खोजिँदै छ’ माओवादीलाई अपराधी भन्नेलाई ठेगान लगाउने उनको चेतावनी छ । ‘अहिले यो देशमाओवादीले विगार्यो । अझ भाषणै पिच्छे सुनिन्छ । माओवादी लुटेराहरू हुने भन्ने बजारमा सुनिन्छ । प्रचण्डजी के गर्नुहुन्छ उहाँको कुरा भयो । मैले के भनेको छु भने माओवादीलाई अपराधी र हत्यारा भन्ने मान्छेलाई ठेगानलगाउनतागत छ । यो साँचो कुरा हो’

बाबु बाजेदेखि सम्पत्तिथुपारेर जनसम्पत्ति मुठिठभर मान्छेहरूले मोज मस्ती गरेर नेपालीजनतालाई पैसाको रवाफ दिएको भन्दै चन्दले भने ‘हामी अपराधी होइनौँ । अपराधी भनेर जुनव्याख्या गर्न खोजिँदै छ । यदिती मान्छे जनयुद्धमा भेटिएको भए त्यहीँ सिद्धिने थिए’ माओवादी युद्धले, नेपालमा धेरैलाई स्वतन्त्र बाँच्न सिकाएको उद्घोष गरे । “नेपालमा एउटा नयाँ सपना देखेर हजारौं सहिद हुनु भयो हजारौँलाई विभिन्न यातना सहित हत्यागरियो तर एक जनाले पनि आत्मसपर्मण गरेन हाम्रा दिदीबहिनीहरूलाई कति निर्ममतापूर्वक दमन गरियो । सबैले घटनाको सामना गरे तर कसैले शिर झुकाएनन् । चुलो चौकोमामात्र सीमित दिदीबहिनीलाई सेनामाभर्ती गर्ने र नेपालमा सुकुम्बासी र कमैयालाई कमान्डर बनाई स्वतन्त्रभएर बाच्नसिकाउने आफूहरूको योगदान गरेको बताए । ”

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!