काठमाडौं । आठ दलीय गठबन्धनले, संक्रमणकालीन न्यायसम्बन्धी विधेयक यसै संसदमा लैजाने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार अबेर आठ दलीय गठबन्धनको बैठकले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक संसदमा पेश गर्ने निर्णय गरेको बैठकपछि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । पीडित परिवारलाई ध्यान दिएर कानून पनि बनाउने र आयोगहरु पनि बनाउने गरि अघि बढ्ने बैठकको निर्णय भएको उनको भनाई छ ।
त्यस्तै पछिल्लो समय संविधान विपरीत भइरहेको गतिविधविरुद्ध बैठकमा ध्यानाकर्षण भएको नेपाली लेखकले बताए । उनले भने ‘यो व्यवस्था र संविधानका विरुद्धमा भइरहेका गतिविधिहरुलाई निरुत्साहित गर्नुपर्ने निर्णय भएको छ ।’ अदालतले प्रधानमन्त्रीविरुद्धको रिट दर्ता गर्न अनुमति दिएकोबारे सोधिएको प्रश्नमा उनले भने ‘अदालतले पनि सहयोगी भूमिका निर्वाह गर्छ भन्ने हामीलाई विश्वास लागेको छ । संक्रमणकालीन विषय भनेको सबैको साझा विषय हो नि ।’उनले सत्ता बाँडफाँटको विषयमा बैठकमा ठोस निर्णय नभएको सुनाए । राष्ट्रपतिको निर्वाचनपछि मात्रै भागबन्डाबारे छलफल हुने बताए ।
प्रतिक्रिया