काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले होलीपर्वले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा एकतावद्ध हुन थप प्रेरित गर्ने विश्वास लिएको बताएका छन् । होलीपर्व २०७९ को सुखद् उपलक्ष्यमा स्वदेश तथाविदेशमा रहेका सम्पूर्ण नेपाली हरुलाई शुभकामना व्यक्तगर्दै यस्तो प्रकारको मौलिक परम्परा, संस्कृति र पर्वहरूले सामाजिक सद्भाव, एकता र सहकार्यको आधारशिला खडा गर्नुका साथै राष्ट्रिय एकता र स्वाधीनताको प्रतिनिधित्व गर्ने बताए । ‘नेपालका सबै भूभाग, सबै जाति, सबै समुदायका बिच उत्तिकै लोकप्रिय र साझा संस्कृतिका रूपमा स्थापित होलीपर्वले सामाजि कन्याय, सुशासन र समृद्धिको लक्ष्यमा एकतावद्ध हुनथप प्रेरित गर्नेछ भन्ने विश्वास सहित समस्त नेपाली हरूमा फेरि एकपटक हार्दिक शुभकामना व्यक्तगर्दछु ।’
उनले असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा हिमाल–पहाड र तराईमा फरक फरक दिनमाहोलि पर्व मनाउने गरेको बताउदैँ नेपालमा प्रत्येक जातजाति र धर्मावलम्बीहरूका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक परम्परा र पर्वहरू रहेको उल्लेख गरे । यस्तो पर्वले विभिन्न धर्म, भाषा र संस्कृति मान्ने समुदायहरूलाई आ–आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र सम्बर्धन गर्नसमेत अभिप्रेरित गर्ने पनि उनको भनाई छ ।
प्रतिक्रिया