US Khabar

रंगको पर्व होली पहाडी भेगमा धुमधामका साथ मनाइँदै : संयमीत भएर मनाउन प्रशासनको आग्रह

- USKHABAR | ४ हप्ता पहिले प्रकाशित

रंगको पर्व होली पहाडी भेगमा धुमधामका साथ मनाइँदै : संयमीत भएर मनाउन प्रशासनको आग्रह

काठमाडौं । रंगको पर्व होली आज देशको काठमाडौं उपत्यकासगैं हिमाली तथा पहाडी भेगमा धुमधामकासाथ मनाइँदैछ । फागुन शुक्लपूर्णिमाका दिन आपसमा रंग दलेर मनाइन्छ । भाइचारा तथा सम्बन्ध प्रगाढ बनाउने उद्येश्यले यो पर्व विश्वभर मनाउने गर्दछन् । नेपालमा पहाडी तथा हिमाली भेगमा पूर्णिमाको दिन र तराईमा त्यसको भोलिपल्ट यो पर्व मनाउने चलन छ । आपसमा रंग दलेर मिष्ठान्न भोजन गर्दै मनोरञ्जनात्मक रुपमा मनाइने होली पछिल्लो समय अझ परिष्कृत हुदैँ गएको छ । पछिल्ला वर्षहोली हिन्दु धर्मावलम्बिको मात्रै नभई अन्य धर्म र संस्कृतीको साझा पर्व बन्दै गएको छ । विशेषगरी युवाबीच लोकप्रिय यो पर्व नेपाल मात्रै नभई विश्वका विभिन्न देशमा मनाउने गरिन्छ ।

होलीको धार्मिक महत्व

असत्यमाथि सत्यको जीतका रुपमा मनाइने होलीलाई विभिन्न किंवदन्ति तथा धार्मीक मान्यतासंग जोडेर हेर्ने गरिन्छ ।होली मनाउने चलनलाई सत्ययुगमा भगवान विष्णुको भक्त बनेका प्रल्हादको हत्या प्रयास गर्ने हिरण्यकश्यप नामक दैत्यको कथासँग जोडेर व्याख्या गरेको पाईन्छ । विष्णुभक्त भएकैकारणहिराण्यकश्यपलाई छोरा प्रल्हाद मन परेको थिएन । त्यसैले उनले अग्निमा भष्म नहुने बरदानप्राप्त बहिनी होलिकासंगै छोरा प्रल्हादलाई अग्निमा राखेका थिए । तर, प्रल्हादलाई आग्नीले भष्म नगरेको कथन छ । हिरण्यकश्यपको आदेश अनुसार प्रल्हादलाई काखमा लिएर अग्निमा बसेकी होलिकाजलेर भष्म भएकी थिइन् । तर, प्रल्हादलाई भने केही भएको थिएन । जसलाई असत्यमाथि सत्यको जीतको रुपमा लिइन्छ । सोही दिनदेखि होली मनाउने चलन बसेको धार्मिक मान्यता छ । तसर्थ, दुष्ट हिरण्यकश्यमको छल पराजय भएको र धर्मको जित भएको सम्झनामा अविर दलेर होली मनाउने चलन चलेको हो । होली मनाउने सन्दर्भमा कृष्ण र कंशकी बहिनी पुतनिकाको कथा पनि जोडिन्छ । कथा अनुसार द्वापर युगमा कृष्णलाई मार्ने उद्देश्यले कंशकी बहिनी पुतनिका मथुरा गइन् । उनले बालक कृष्णलाई दुध पनि चुसाइन् । दुधसँगै कृष्णले पुतनिकाको रगत पनि चुसे । उनको ठाउँका ठाउँ मृत्यू भयो । ब्रजवासीहरूलेउनको शव जलाएपछि आपसमा रङ दलेर खुसीयाली मनाए। सोही दिनदेखि होली पर्व बनाउने चलन बसेको पनि धार्मिक मान्यता छ । फागुनको पूर्णिमाका दिन पर्ने भएकाले पहाडी भेगमा होलीलाई फागु पर्व भन्ने चलन छ । तर, तराईमा यो पर्वलाई होली नै भनिन्छ । शरद ऋतूको विदाई र वसन्त ऋतूको स्वागतका रुपमा पनि यो पर्व मनाइन्छ । फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरमा रंगीचंगी कपडाका टुक्रा झुण्ड्याइएका तीन तले चीर ठड्याएपछि वसन्तको आगमन भएको मानिन्छ । सोही दिनदेखि पूर्णिमासम्म आपसमा अविर दल्ने चलन छ ।

बदलिँदो रुपसँगै विकृति रोक्न प्रशासनको कडाई

परिवारका सदस्य र साथीभाइबीच रंगदलेर मनाईने होली पछिल्लो समय परिष्कृत बन्दै गएको छ । बिशेषगरी होलीमा रङ तथा पानीको प्रयोग बढ्दै गएका छन् । चिनजान नभएकाहरु पनि यस दिन आपसमा रङ दल्ने गर्छन् । यसो गर्दा मित्रता बढ्ने विश्वास छ । होलीमा विकृति पनि उत्तिकै बढेका छन् । मदक पदार्थ सेवन गर्ने, हानिकार रंग प्रयोग गर्ने, शरिरमा ट्याटु खोप्ने, खुसार्नीको धुलो प्रयोग गर्ने, फोहार पानी छ्याप्ने जस्ता भड्किलो शैलीले होली बिकृत बन्दै गएको छ । जसबाट होलीप्रति नै नकारात्मक सोँच विकास हुँदै गएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले होली पर्वलाई मर्यादित बनाउ प्रशासन प्रयासरत रहेको बताए । उनले भने,‘होलीलाई सभ्य र मर्यादित बनाउन प्रशासन प्रयासरत छ । यसका लागि हामीले विगतका टे«ण्ड विश्लेषण गरेका छौं । सोहीअनुसार सुरक्षा योजना निर्माण गरेका छन् । हुलदंगा हुने र होहल्ला हुने ठाउँमा विषेश निगरानी बढाएका छौं । ईच्छा विपरित लोला हान्ने, रंग दल्ने, पानी छयाप्ने काम नर्गन नगराउनु प्रहरीलाई निर्देशन दिएका छौं । होलीलाई सुरक्षीत, मर्यादित र सभ्य बनाउन सहयोग गर्न सुरक्षा निकायलाई भनेका छौं ।’ जिल्ला प्रशासन कार्यलय काठमाडौंकी साहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले होलीलाई व्यवस्थित गर्न सुचना जारी भएको जबरजस्ति रंग दल्नेलाई कारबाही गर्न प्रहरीलाई निर्देशन गरेको बताइन् । उनले भनिन्,‘कानून बिपरित मादक पदार्थ सेवन गर्ने, होहल्ला गर्ने, जबरजस्ति रंग दल्ने जस्ता गतिविधिमा संलग्न हुनेहरु विरुद्ध कारबाही हुन्छ । त्यस्ता गतिविधिमा संलग्न हुने विरुद्ध कानूनी कारबाही गर्न प्रहरीलाई निर्देशन भइसकेको छ । डिजे(डिस्को जक्कि) राखेर होलीलाई भड्किलो बनाउने र सोही बाहनामा रक्सिको विज्ञापन गर्ने चलन पनि बिगतमा देखियो । यसलाई रोक्न भनेका छौं ।’

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!