US Khabar

होलीले राष्ट्रिय एकता सुदृढ तुल्याउँछ : राष्ट्रपति भण्डारी

- USKHABAR | ४ हप्ता पहिले प्रकाशित

होलीले राष्ट्रिय एकता सुदृढ तुल्याउँछ : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्या देवी भण्डारीले फागुपूर्णिमा जस्ता पर्वहरूले सम्पूर्ण नेपालीहरूको बिचमा आपसी प्रेम, सद्भाव र आत्मियताअभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पु¥याउने विश्वास लिएको बताएकी छिन् । फागुपूर्णिमाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्तगर्दै उनले यस्तो पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिहरूलाई निर्मूल गर्दै मौलिक संस्कृतिहरूको संरक्षण र सम्वद्र्धन गर्न प्रेरणा दिने बताईन् ।

नेपाली समाज भएकाजातीय, भाषिक, सांस्कृतिकर विविधतापूर्ण पर्वहरु भएको र यो विविधतानै हाम्रो पहिचान र शक्ति दुवै भएको उल्लेख गरेकी छिन् ।आजको दिन असत्यमाथि सत्यको, अन्याय माथि न्यायको र दुराचार माथि सदाचारको विजयभएको खुसियालीमा सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव र आत्मियताका साथ आफन्तजन एवं साथी सङ्गीसँग आपसमा अविर तथा रंग दलेर रमाइलो गर्ने परम्परा रहेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!