काठमाडौं । सभामुख देवराज घिमिरेले होलीपर्वले सबै नेपालीबीच सामाजिक सद्भाव, सहिष्णुता एवं राष्ट्रिय एकता अक्ष्यूण राख्न सघाउने विश्वास लिएको बताएका छन् ।फागु पूर्णिमाको अवसरमा स्वदेश तथाविदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्तगर्दै उनले यो पर्वले विभिन्न जातजाति, भाषा र क्षेत्रका नेपाली नागरिकलाई एक सूत्रमाबाध्दै सामाजिक सद्भाव, प्रेम र भाईचाराको सम्बन्ध विकास गर्दै आएको बताए । होलीपर्वले आपसी वैमनस्यता, असमझदारी बिर्सेर सुखी र समृद्ध समाज निर्माणको मार्गमा सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना व्यक्तगर्दै परम्परागत चाडपर्वलाई थप समृद्ध बनाउँदै भावी पुस्तासम्म जीवित राख्ने दायित्व नयाँ पुस्तामा भएको उल्लेख गरे।
हिमाल, पहाड र तराईमा फरकफरक दिनमा मनाइने यस पर्वले नेपाली समाजलाई अन्तरघुलन गर्नसमेत मद्दत गर्नुको साथै, सबै क्षेत्रमा बस्ने नेपालीलाई होलीपर्वले आपसी सद्भाव र एकता अभिवृद्धि गर्न सहयोग गरेको उल्लेख गरेका छन् । फागु पर्व परम्परागत रूपमा विभिन्न रङ्गहरु खेली मनाउने प्राचीन परम्परा हो । तर,चाडबाडका नाम माहुने कतिपय गलत प्रवृत्तिहरुलाई भने निरुत्साहित गर्नु पर्ने पनि उनको भनाई छ ।
प्रतिक्रिया