काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले होली पर्वले अन्यायमा थिन्यायको विजयको शाश्वत सन्देश दिने बताएका छन् । पर्वका अवसरमा शुभकामना सन्देश व्यक्तिगर्दै उनले होली धार्मिक र सांस्कृतिक पर्व भएको उल्लेख गरे । यो नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, पारस्परिक एकता र सामाजिक सद्भावका साथ यो पर्वमनाउँदै आएकोउनको भनाई छ ।
वसन्तऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आएको होलीपर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्ने उनका शुभकामना सन्देशमा उल्लेख छ । होलीले पारस्परिक एकता र सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्ने उनको विश्वास छ ।
प्रतिक्रिया