US Khabar

तस्विरमा मा हेर्नुहोस् नेपाली कलाकारहरुको होली

- USKHABAR | ४ हप्ता पहिले प्रकाशित

तस्विरमा मा हेर्नुहोस् नेपाली कलाकारहरुको होली

काठमाण्डौं । नेपाली कलाकारहरुले आज दिल खोलेर होली मनाएका छन् । असत्यमाथि सत्यको विजय भएको उपलक्ष्यमा मनाउने होली पर्व आज सोमबार पहाडी जिल्लाहरुमा मनाइँदैछ । कतिले परिवार तथा साथीभाईहरुसँग मिलेर होली मनाएका छन् भने कतिले विभिन्न ठाउँमा आयोजित कार्यक्रममा पुगेर होलीको मनाएका छन् ।

अभिनेत्री सञ्चिता लुईंटेलले पति निखिल उप्रेती र आफ्ना दुई सन्तानसँग रंग दल्दै होली मनाएकी छन् । यता अभिनेत्री रेखा थापा र स्वेता खड्काले एकअर्कासँग होली मनाएको तस्विर फेसबुकमा सार्वजनिक गरेका छन् । अभिनेत्री वर्षा सिवाकोटीले सामाजिक सञ्जालमा पोस्ट गरेको तस्विरहरुमा उनी साथीभाईसँग होलीको रंगमा रमाइरहेको देखिन्छ । अभिनेता आर्यन सिग्देलले निधार र गालामा अविरको टीका लगाएको तस्विर फेसबुकमा राख्दै होलीको शुभकामना दिएका छन् ।

अभिनेता राजेश हमालले निजी निवासमा आफ्ना हेयर डिजाइनर राम ठाकुरलाई अविर लगाइदिएको तस्विर फेसबुकमा पोस्ट गर्दै होलीको शुभकामना व्यक्त गरेका छन् । रामले पनि हमाललाई निधारमा अविरको लामो टीका लगाइदिएका छन् । त्यस्तै, बेनिशा हमाल, शुभेक्क्षा खड्का, नम्रता सापकोटा आदिले पनि रंगमा रंगिएको तस्विरहरु आआफ्नो सामाजिक सञ्जालमा राखेका छन् ।

तस्बिरमा हेर्नुहोस् नेपाली कलाकारहरुको होली

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!