US Khabar

सरकारविरुद्ध कारबाही थाल्न विप्लवको निर्देशन

- Admin | ३ वर्ष पहिले प्रकाशित

सरकारविरुद्ध कारबाही थाल्न विप्लवको निर्देशन

सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टी पङ्क्तिलाई सरकारविरुद्ध प्रतिरक्षात्मक तथा प्रतिरोधात्मक कारबाही थाल्न निर्देशन दिएका छन्।

बिहीबार विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले सरकारले पार्टी केन्द्रीय सदस्य तथा सेती-महाकाली ब्युरो इञ्चार्ज ओमप्रकाश पुन, पार्टी सेती-महाकाली ब्युरो सदस्य तथा महिला केन्द्रीय सदस्य पूर्णिमा धामी र मेची-कोसी ब्युरो सदस्य जोखिमलाई गिरफ्तार गरेको भन्दै प्रतिरक्षात्मक तथा प्रतिरोधात्मक करबाही थाल्न निर्देशन दिएका हुन्।

महासचिव विप्लवले पुन, धामी र जोखिमलाई बिनासर्त रिहाइको माग गर्दै सरकारी चालबाजीको भ्रममा नपर्न पार्टी पङ्क्तिलाई निर्देशन दिएका छन्। बुधबार कैलालीबाट नेता ओमप्रकाश पुन र पुनकी श्रीमती पूर्णिमा धामीलाई प्रहरीले गिरफ्तार गरेको थियो।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!